पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्डमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रवर्द्धक रहने गरी सम्झौता भएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आगामी २१ वैशाखमा पोखरा सभागृहमा स्पोर्टस् अवार्ड गर्दैछ । बुधबार मञ्चतर्फबाट अध्यक्ष दीननाथ बराल र बोर्डतर्फबाट नि.प्रमुख नवीन पोखरेल, वरिष्ठ अधिकृत कुन्दन शर्मा मिश्रबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सो अवसरमा मञ्च सदस्य रोहितराज पराजुलीसमेत उपस्थित थिए ।
सो अवसरमा बोर्डका नि.प्रमुख नवीन पोखरेलले गण्डकी प्रदेशको खेल पर्यटन प्रवर्द्धक गर्न यस्ता कार्यक्रमले थप टेवा पुग्ने विश्वास गरिएको बताए । सहयोगप्रति आयोजक मञ्च अध्यक्ष बरालले आभार व्यक्त गर्दै आगामी दिनमा यस्तै सहयोग र सहकार्यको अपेक्षा गरेको बताए।
मझेरी रिसोर्ट एण्ड स्पाले होटल पाटर्नर रहने भएको छ । राष्ट्रिय खेलकुद परिषद्, साहस स्पोर्टस् लगायत संघसंस्थाले सहयोग गर्ने सम्झौता भइसकेको मञ्चले जनायो ।
समारोहमा लाइफटाइम अचिभमेन्ट अवार्डसहित वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकार गरी ७ विधामा अवार्ड दिइने मञ्च महासचिव राजाराम पौडेलले बताए ।
सम्बन्धित खबर
प्रथम लायन्स कप भलिबल खेल्न इरानी टोली पोखरा आइपुग्यो
मैत्रीपूर्ण भलिबलमा टिम युनिटी र जिएण्डजी विजयी
भाटखोलामा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु
पोखरा चुक्दा ललितपुर अपराजित रहँदै एनएसएल च्याम्पियन, ८० लाख पुरस्कार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय पुरुष भलिबल च्याम्पियनशीपको तयारी तीव्र
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ विधाको प्रायोजन सिटिजन फर्निचरले गर्ने
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
भीमाद नगरपालिकाका प्रथम मेयर थापाको निधन