पोखरा स्वास्थ्य केन्द्र भवनबाट सरकारी कागजात चोर्नेहरू पक्राउ

पोखरा स्वास्थ्य केन्द्र भवनबाट सरकारी कागजात चोर्नेहरू पक्राउ

Sarkari-Kagaj-Chori-Photo

पोखरा । सरकारी कागजातहरू चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका–८ नयाँ बजारमा रहेको पोखरा महानगरपालिकाको भण्डारको रूपमा रहेको र हाल सहरी स्वास्थ्य केन्द्रको भवनबाट कागजात चोरी भएका थिए ।

गत चैत १२ गते राति करिब साढे तीन बजेको समयमा भएको चोरीमा संलग्न पोखरा महानगरपालिका–९ का २८ वर्षीय सुवीर थापा मगर र २९ वर्षीय सरोज थापा मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ ।

उनीहरूले भवनको ताल्चा फुटाएर पोखरा महानगरपालिकाको घर नक्साको अभिलेख चोरी गरेका थिए । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले घटनाको अनुसन्धान गर्दै जाँदा कागजात सहित उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट ३९ थान कागजात समेत बरामद भएका छन् । दुवै जनालाई चोरीसम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ