होलीको दिन कर्णाली नदीमा हामफालेर बेपत्ता भएका युवाको शव फेला

होलीको दिन कर्णाली नदीमा हामफालेर बेपत्ता भएका युवाको शव फेला

karnali pul

होलीको दिन (चैत १२ गते) कर्णाली नदीमा हामफालेर बेपत्ता भएका युवा मृत फेला परेका छन्।

चिसापानीस्थित कर्णाली नदीको पुलबाट १७ जनाले हाम फालेका थिए। हाम फालेका १६ जना पौडिन सफल भए पनि कञ्चनपुर स्थायी घर भई कैलालीको लम्की चुहा नगरपालिका–३ चिसापानी बस्ने ३० वर्षीय लोकेन्द्र शाही बेपत्ता भएका थिए।

शाहीको शव टीकापुरको सन्कट्टी घाटमा तीन दिनपछि बिहीबार दिउँसो करिब ४ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले जानकारी दिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ