पोखरा लेखनाथमा बस दुर्घटना, चालक घाइते

दुर्घटना

पोखरा लेखनाथमा बस दुर्घटना, चालक घाइते

बस ठाडो परेको छ

bus acc lekhnath

तस्वीरः सामाजिक सञ्जाल

पोखरा महानगरपालिका–२७ लेखनाथको अर्चलेमा बस दुर्घटना हुँदा चालक घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक भानु शर्माका अनुसार आज (शनिबार) बिहान साढे ९ बजे बस दुर्घटना हुँदा चालक घाइते भएका छन् । सहचालक सामान्य घाइते रहेको बुझिएको छ ।

लेखनाथको आरुपाटाबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ८६८० नम्बरको बस  दुर्घटना भएको हो ।

बस दुर्घटना हुँदा घाइते भएका चालक र सहचालकलाई उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको जिल्ला प्रहरी प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

बस घुम्तिमा दुर्घटना भएपछि ठाडो परेको छ । दुर्घटनापछि बस ठाडो पर्दा प्रहरी, सर्वसाधारण नै अचम्मित परेका छन् । सामाजिक सञ्जालमा फैलिएका तस्वीरहरू कतिपयले पत्याएका छैनन् । तर, प्रहरी निरीक्षक शर्माले तस्वीर सही भएको गण्डकन्यूजलाई बताए ।

बस क्रेनको सहायताले सामान्य अवस्थामा झार्ने तयारी गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds