तनहुँमा रोकिराखेको बसमा कार ठोक्कियो, पोखराका ३ युवा घाइते

दुर्घटना

तनहुँमा रोकिराखेको बसमा कार ठोक्कियो, पोखराका ३ युवा घाइते

tanahu acc

Photo: BNBMirror

तनहुँमा रोकिराखेको बसमा कार ठोक्किँदा चालकसहित ३ जना घाइते भएका छन् ।

म्याग्दे गाउँपालिका –१ गुणादी स्थित पृथ्वी राजमार्ग सडक खण्डमा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको हो ।

शनिबार बिहान करिब ८ बजेर २० मिनेट जाँदा पोखराबाट दमौलीतर्फ आउँदै गरेको ना ५ ख ५३५९ नम्बरको बस रोकी राखेको अवस्थामा सोही दिशाबाट आउँदै गरेको बाग्मती बी एसी ५७४० नम्बरको कार बसको पछाडिको भागमा ठोक्किन पुगेको थियो ।

दुर्घटनामा कार चालक पोखरा महानगरपालिका –२५ बस्ने ३१ वर्षीय विकास त्रिपाठी, कारमा सवार पोखरा महानगरपालिका –१६ बस्ने ३२ वर्षीय विकास बानियाँ र वडा नं. १९ बस्ने ३१ वर्षीय संजिप भण्डारी घाइते भएका छन् ।

घाइतेहरूको दमौलीस्थित रत्नहरि मेमोरियल अस्पताल तनहुँमा उपचार भइरहेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ