पोखरा महानगरपालिका क्षेत्रमा ब्रिज कोर्स सञ्चालनमा प्रतिबन्ध लगाइने भएको छ । हालै बसेको नगर शिक्षा समितिको बैठकले महानगर क्षेत्रमा ब्रिज कोर्सका कुनै कक्षाहरू सञ्चालनमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
ब्रिज कोर्स नाममा मोटो रकम असुली हुँदै आएको गुनासो बिच महानगरपालिकाले अघिल्लो वर्ष पनि यस प्रकारका कक्षाहरू सञ्चालन नगर्न आग्रह गरेको थियो । तर, कतिपय संस्थाहरूले महानगरपालिकाको आग्रह विपरीत सञ्चालन गरेको पाइएको थियो ।
एसइई पश्चात् विद्यार्थीलाई उच्च शिक्षा प्रवेशमा सहज बनाउन विभिन्न शैक्षिक संस्थाले ब्रिज कोर्सको नाममा मोटो रकम असुल्ने गरेको गुनासो यस अघि नै आइसकेकाले परीक्षा समापन हुनु पूर्व नै महानगरपालिकाको शिक्षा समितिले यस्तो निर्णय गरेको हो । विद्यालय शिक्षा व्यवस्थित र प्रभावकारी बनाउँदै लैजानु पर्नेमा जोड दिँदै कक्षा ११ को विद्यार्थी भर्नासँग सम्बन्धित कुनै पनि ब्रिज कोर्स सञ्चालनमा प्रतिबन्ध लगाइएको हो ।
विद्यार्थी भर्नाको कार्यक्रम आगामी वैशाख २ गतेदेखि ९ गतेसम्म सञ्चालन गर्न पनि महानगरपालिकाले अनुरोध गरेको छ । विद्यार्थी भर्नाका नाममा लिइने प्रवेश परीक्षाहरू त्यसअघि सञ्चालन गरे पनि रिजल्ट भने सोही अवधिमा सार्वजनिक गर्न भनिएको छ ।
विद्यार्थीहरू छनौटका नाममा लिइने परीक्षामा जुन विद्यालयमा विद्यार्थी अध्ययन गरिरहेका छन्,सो विद्यालयको माथिल्लो कक्षामा पढ्न चाहे विद्यालयले अनिवार्य भर्ना लिनुपर्ने बताइएको छ । आगामी शैक्षिक सत्रको पढाइ १० वैशाखदेखि सुरु गर्ने निर्णय पनि महानगरले गरेको छ ।
सम्बन्धित खबर
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
पोखरामा मोटरसाइकलको ठक्करबाट स्कूटरमा सवार १७ वर्षीय सिर्जनको निधन
रास्वपा पोखरा महानगर सभापतिमा योगेन्द्र केसी सर्वसम्मत चयन
शिशुवामा युआरएलको शिविर, ६ सय १ जनाको सित्तैमा जाँच
पिसिएम कप प्लस टु फुटसलको उपाधि तालपारी टीमले जित्यो
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु