पोखराबाट दोलखा पुगेकै भोलिपल्ट नर्सिङ कलेजको ५ तलाबाट हाम्फालिन् करुणा

पोखराबाट दोलखा पुगेकै भोलिपल्ट नर्सिङ कलेजको ५ तलाबाट हाम्फालिन् करुणा

उपचारका क्रममा भक्तपुरमा मृत्यु

chho rolpa

दोलखामा स्टाफ नर्स पढ्दै गरेकी पोखराकी एक किशोरीको पाँच तला माथिबाट हामफाल्दा मृत्यु भएको छ।

पोखरा महानगरपालिका– १० रामबजार घर भई हाल दोलखामा बसेर नर्सिङ पढ्दै गरेकी १८ वर्षीया करुणा अधिकारीको पाँच तला माथिबाट फाल हान्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

बिहीबार दोलखा सदरमुकाम चरिकोटमा रहेको च्छा ेरोल्पा नर्सिङ कलेजमा नर्सिङ पहिलो वर्षमा अध्ययनरत अन्दाजी १८ वर्षीया करुणा अधिकारीले होस्टलको पाँच तलामाथिबाट हाम फालेकी थिइन्।

उनको गएराति ११ बजे उपचारका क्रममा भक्तपुरको मध्यपुर अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव उपरीक्षक दिपक खड्काले जानकारी दिए।

अधिकारी बिदामा पोखरा आएकी र बुधबार मात्र चरिकोट फर्किएकी बताइएको छ ।

घरबाट फर्किएको एक दिनमै उनले होस्टलको पाँचौ तलाबाट हाम फालेको कलेजका सञ्चालक पृथ्वी बहादुर श्रेष्ठले जानकारी दिए । उनका अनुसार युवतीले डिप्रेसनको औषधि समेत सेवन गर्दै आएकी थिइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ