मर्दीखोला स्पोर्टस् एकेडेमीको अध्यक्षमा आशा, पहिलो कार्यक्रम बास्केटबल प्रशिक्षण

मर्दीखोला स्पोर्टस् एकेडेमीको अध्यक्षमा आशा, पहिलो कार्यक्रम बास्केटबल प्रशिक्षण

mardikhola basketball (1)

मर्दी खोला स्पोर्टस् एकेडेमीको अध्यक्षमा आशा गुरुङ चयन भएकी छन् ।

शुक्रबार भएको अधिवेशनले उपाध्यक्षमा हेमन्त गुरुङ, सचिवमा अनमोल गुरुङ, कोषाध्यक्षमा रोहित गुरुङ र सदस्यहरुमा राज गुरुङ, सुजन गुरुङ र सोनाली गुरुङ चयन गरेको जनाइएको छ ।

पहिलो कार्यक्रम अन्तर्गत चैत २५ गतेदेखि बास्केटबल प्रशिक्षण सुरु गर्ने सचिव अनमोल गुरुङले जानकारी दिए ।

प्रतिभा माविको प्रङ्गणमा हुने प्रशिक्षणमा सहभागिताका लागि दर्ता शुल्क ५ सय लाग्नेछ । यस्तै, १ महिनाको तालिम शुल्क दुई हजार, २ महिनाको ३५ सय, ३ महिनाको पाँच हजार र ४ महिनाको ६५ सय रहेको सचिव गुरुङले जानकारी दिए ।

सहभागीहरुलाई नेपालको यू–१६ प्रमुख प्रशिक्षक प्रेम सुन्दर होनाले प्रशिक्षण गराउनेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ