पोखरा । सुपर भ्वाईस अफ त्रिवेणीको फाइनल शनिबार हुने भएको छ । जसमा उपाधिका लागि २० प्रतिस्पर्धी भिड्ने भएका छन् । त्रिवेणी संगीतालय पोखराद्वारा आयोजित गण्डकी प्रदेश स्तरीय गायन रियालिटी शो सुपर भ्वाईस अफ त्रिवेणीका लागि प्रतियोगीहरु भिड्ने भएका हुन् । पोखरा उद्योग बाणिज्य संघ गैह्रापाटनको सभाहलमा हुने फाइनलमा प्रतियोगीहरुको सांगीतिक प्रतिस्पर्धा हुने आयोजक संस्थाका निर्देशक नवराज बरालले जानकारी गराए ।
उनका अनुसार माघ महिनाबाट सुरु भएको सुपर भ्वाईस अफ त्रिवेणाीमा १०५ जना प्रतियोगीहरुको सहभागिता थियो । जसबाट २० जना प्रतियोगी फाइनलमा पुगेका हुन् । विभिन्न चरण पार गर्दै फाइनलमा पुगेका दिपेश नेपाली, कृषीका घिमिरे, समर लोहनी, दिपक परियार, प्रशान्ती श्रेष्ठ, मनोज सेञ्चुरी, लकुश पुन, महिमा खड्का, रुपेश थापा, तेज कुमार लिम्बु, आशा राई, सलिना विक, विजेश नेपाली, रितु थापा, अंकित भुर्तेल, विशाल परियार, रितिका सेर्पाली, सौजन्या गुरुङ, भुवन अधिकारी, शोभा परियार, र समीर पुन उपाधिका लागि भिड्ने उनले बताए ।
फाइनलमा संगीतकार बीबी अनुरागी, श्यामलाल श्रेष्ठ, करण तामाङ, किशोर सुनार निर्णायकको भूमिकामा हुनेछन् । विजेताले नगद एक लाख, उपविजेताले ५१ हजार, दर्शक रोजाईले ५० हजार, तृतीयले तीस हजार र सान्तवनाले १० हजार रकम पुरस्कार पाउने उनले जानकारी गराए ।
कार्यक्रम संयोजक समेत रहेका बरालले बचत भएको केही रकम काठमाडौंमा उपचार गराइ रहेका संगीत प्रशिक्षक वरिष्ठ धु्रपद गायक पण्डित विष्णु आचार्यलाई सहयोग गर्ने उल्लेख गरे । त्रिवेणी संगीतालयले यसअघि पोखरा लोकतारा, सिङ्गीङ् स्टार, गण्डकी स्टार लगायतका थुप्रै कार्यक्रमको आयोजना गरि सामाजिक सेवामा समेत सहयोग गरेको छ । संगीतालयले थुप्रै स्रस्टाहरुलाई समेत नगद सहित सम्मान गरेको छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन