स्याङ्जा। स्याङ्जाको फेदीखोलामा रामनवमी तथा चैते दशैं मेला हुने भएको छ । हिम शिखर क्लबको आयोजना तथा फेदीखोला गाउँपालिकाको प्रवद्र्धनमा आउदो बैशाख २ गतेदेखि फेदीखोला रंगशालामा मेला हुने भएको हो ।
चार दिनसम्म चल्ने मेलामा जिल्ला स्तरीय भलिबल प्रतियोगिता, भेट्रान्स भलिबल प्रतियोगिता, विभिन्न मनोरञ्जनात्मक तथा साँस्कृतिक कार्यक्रम हुने क्लबले जनाएको छ । मेलाको मुख्य आकर्षणको रुपमा भलिबल प्रतियोगिता रहेको क्लबका अध्यक्ष दिलकाजी गुरुङले बताए । गुरुङका अनुसार भलिबल प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख २१ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने दोस्रो हुने टिमले ८१ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
भेट्रान्स तर्फ प्रथम हुने टिमलाई बोको र दोस्रो हुने टिमलाई कुखुराको भाले राखिएको क्लबका अध्यक्ष गुरुङले जानकारी दिए ।
मेलामा ख्याती प्राप्त लोक दोहोरी कलाकारबाट प्रस्तुती, साँस्कृतिक कार्यक्रम तथा स्थानीय कलाकारको प्रस्तुती रहने उनले बताए ।
मेला सम्पन्न गर्न कुल १२ लाख खर्च लाग्ने क्लबले जनाएको छ ।
सम्बन्धित खबर
बिरुवा प्रज्ञा प्रतिष्ठानले बृहत लोक सांस्कृतिक कार्यक्रम गर्ने
वालिङमा चक्कु प्रहारबाट २० वर्षीय युवकको मृत्यु
युवा संघ स्याङ्जाको आगलागी पीडितलाई सहयोग
फूलबारीमा अटो दुर्घटना हुँदा दुई जना घाइते
पुतलीबजार पूर्ण खोप सुनिश्चितता नगर घोषित
प्रथम गल्याङ कपको उपाधि स्याङ्जालाई
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग