पोखरा लामेआहालको डम्पिङ साइटमा भीषण आगलागी, बस्ती जोखिममा

आगलागी

पोखरा लामेआहालको डम्पिङ साइटमा भीषण आगलागी, बस्ती जोखिममा

च्याउ फार्ममा लाखौंको क्षति, महानगरले सहमतिअनुसार फोहोरलाई माटोले पुरेको भए आगो लाग्दैनथ्यो

landfill site

तस्वीर सौजन्य: सेतोपाना

पोखरा महानगरपालिकाले हाल अस्थायी रूपमा फोहोर व्यवस्थापनको लागि प्रयोग गर्दै आइरहेको वडा नं. ३२ लामेआहालमा रहेको डम्पिङ ‘ल्याण्डफील !’ साइटमा सोमबार दिउँसोदेखि लागे भिषणको भीषण  आगलागीले करोडौंको क्षति  भएको छ ।

अपरान्ह ५ बजेदेखि लागेको आगो नियन्त्रण गर्न नसक्दा नजिकै रहेको च्याउ फर्ममा रहेको च्याउ, टहरा र च्याउखेतीका लागि आवश्यक पर्ने सामाग्री नष्ट भएको छ । गाउँ नै जोखिममा रहेको जनाइएको छ ।

स्थानीयका अनुसार आगलागी भएको करिब डेढ घण्टा पछि मात्रै पोखरा महानगरपालिकाको २ वटा दमकल पुगेको थियो ।आगलागी भएको ठाउँ खोच र बाटोको अवस्थाका कारण आगो निभाउन कठिन भएको महानगरको दमकल इन्चार्ज हर्कबहादुर गायकले बताए ।

आगलागीबाटवि.स. २०६८ साल देखि करिव १० रोपनी क्षेत्रफलमा लगाइएको च्याउ खेती, घर टहरा जलेर नष्ट हुँदा करिब १ करोड ५० लाखको क्षति भएको सञ्चालक मनोरञ्जन पौडेलले बताएका छन् ।

महानगरका ३ वटा दमकल र एउटा ट्याङ्कर मार्फत आगो निभाउन प्रयास गरिएको थियो ।

साँझपख घटनास्थलमा स्थानीयवासी, वडा प्रहरी कार्यालय, डाँडाको नाक ,कास्की प्रहरी प्रमुखसहित ठूलो संख्यामा प्रहरी र शसस्त्रबल खटिएका थिए ।

आगलागीको कारण खुल्न सकेको छैन । प्लाष्टिकजन्य सामाग्री र फोहोरमा आगो लागेका कारण वरपरको वातावरण दुषित बन्दै गएको छ ।

महानगरले सहमतिअनुसार फोहोरलाई माटोले पुरेको भए आगो लाग्दैनथ्यो । ल्याण्ड फील गरिएको भए आगो लाग्दैनथ्यो । यो डम्पिङ साइट नै बनाएका कारण फोहोरमा आगो लाग्न पुग्यो ।

विगत वर्षमा पनि फोहोरले दुर्गन्ध बढाएपछि स्थानीयले पटक–पटक विरोध गर्दै आइरहेका थिए ।

फोहोर व्यवस्थापनका लागि पूर्वाधार नबनाएको, सडकमा जथाभावी फोहोर फालेको र प्रभावित क्षेत्रका बासिन्दासँग गरेको सम्झौता कार्यान्वयन नगरेको र फोहोरलाई व्यवस्थित तरिकाले विर्सजन नगरेको भन्दै स्थानीयले फोहोर लैजान अवरोध गरेका थिए ।

पोखरामा अन्तर्रािष्ट्रय विमानस्थल सञ्चालनसँगै विमानस्थल नजिकै रहेको ल्याण्डफील साइट पुरेपछि अस्थायी रुपमा लामेआहालस्थित सेती नदी किनारमा बजारको फोहोर व्यवस्थापन हुँदै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ