नेपाल छन्त्याल संघ, कास्कीमा सञ्चालित उद्घोषण तालिमको समापन

नेपाल छन्त्याल संघ, कास्कीमा सञ्चालित उद्घोषण तालिमको समापन

20240408_163208

पोखरा । नेपाल छन्त्याल संघ, कास्कीको आयोजनामा सञ्चालित १० दिने उद्घोषण तालिमको समापन गरिएको छ ।

यही चैत्र १७ गतेदेखि सुरु भएको तालिमको सोमबार समापन गरिएको हो । तालिमको समापन गर्दै धौलागिरि गाउँपालिका वडा नं. १, गुर्जा, म्याग्दीका वडाध्यक्ष झकबहादुर छन्त्यालले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न प्रशिक्षार्थीहरूलाई सुझाव दिए । कुनै पनि औपचारिक कार्यक्रम सफल बनाउन उद्घोषकको भूमिका महत्वपूर्ण हुने भन्दै वडाध्यक्ष छन्त्यालले कुशल उद्घोषक बन्न तालिमको सिकाइसँगै अभ्यास अति जरुरी रहेको बताए ।

त्यस्तै, गुर्जा विकास मञ्चका अध्यक्ष क्या. लालबहादुर छन्त्यालले १० दिनको तालिम निकै उपलब्धिपूर्ण रहेको बताए । तालिमबाट प्रशिक्षार्थीहरूमा निकै परिवर्तन आएको आफूले पाएको भन्दै उनले तालिमले प्रशिक्षार्थीहरूको क्षमता अभिवृद्धि गरेको उल्लेख गरे । नेपाल छन्त्याल संघ, कास्कीका अध्यक्ष सुबेदार धनबहादुर छन्त्यालले छन्त्याल जातिका व्यक्तिलाई सक्षम बनाएर अघि बढाउन तालिम सञ्चालन गरिएको बताए।

समापन कार्यक्रममा तालिमका प्रशिक्षक रूद्रबहादुर श्रीस, प्रशिक्षार्थीहरूको तर्फबाट जगनारायण छन्त्याल र पुनदेवी छन्त्यालले पनि बोलेका थिए । नेपाल छन्त्याल संघ, कास्कीका अध्यक्ष सुबेदार धनबहादुर छन्त्यालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रशिक्षार्थी गीता छन्त्यालले गरेकी थिइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ