पाेखरामा पार्किङबाटै ७ वटा मोडिफाइड बाइक उठाएर कारबाही

पाेखरामा पार्किङबाटै ७ वटा मोडिफाइड बाइक उठाएर कारबाही

चालकलाई २५ दिनसम्म थुन्न सक्ने

bike modify

फाइल तस्वीर

पोखरा: मोटरसाइकलको स्वरुप परिवर्तन (मोडिफाई)  गरेर पार्किङमा राखेका ७ वटा मोटरसाइकल जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ ।

कास्की प्रहरीले पोखरा महानगरपालिका–६ लेकसाइडमा स्वरुप परिवर्तन गरी पार्किङमा राखिएका ७ वटा मोटरसाइकल मंगलबार नियन्त्रणमा लिएको हो ।

स्वरुप परिवर्तन गरी ध्वनी प्रदुषण गर्ने मोटरसाइकलहरुलाई नियन्त्रणमा लिएर कारवाही गरेपनि अझै नियन्त्रणमा नआएको भन्दै २५ दिन थुनामा राखेर कारवाही गर्ने प्रक्रिया कास्की प्रहरीले अगाडि बढाएको छ ।

मोटरसाइकलको स्वरुप परिवर्तन (मोडिफाई) गर्ने, ध्वनी प्रदुषण गराउने कार्यमा संलग्न हुनसक्ने वर्कसप सञ्चालक, रिकन्डिसन हाउस, नम्बर प्लेट बनाउने स्थानमा जिल्ला प्रहरी कार्यालय कास्की र ट्राफिक कार्यालय कास्कीले सचेतना कार्यक्रमसँगै स्टिकर टाँस गर्ने कार्यक्रमसमेत गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ