पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको गाडी अर्घाखाँचीमा दुर्घटनाग्रस्त हुँदा एक जना बालकको मृत्यु भएको छ ।
घटनामा परी ७ जना घाइते भएका छन्। सुपा देउराली माईको दर्शन गरेर फर्किएका प्रतिष्ठानका कर्मचारी बोकेको ग.३ च ४५७४ नम्बरको कार पाणिनि ८ पाली कोलडाँडामा दुर्घटनामा परेको हो।
दुर्घटनामा परेर अर्घाखांची जिल्लाको भुमिकास्थान ८ किमडांडा निवासी वर्ष ६ को आरम्भ क्षेत्री नाम गरेका बालकको मृत्यु भएको छ ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कार्यरत कार चालक भुमिकास्थान ८ किमडांडाका ३४ वर्षीय इश्वरी क्षेत्री, उनको श्रीमती ३० वर्षीया सम्झना क्षेत्री, दुई वर्षीया छोरी इभान्सी क्षेत्री, पोखरा १२ हस्पिटलचोककी ३० वर्षीया सबिता अधिकारी, सोही ठाउँकी ४२ वर्षीया गीता कंडेल, १५ वर्षीय प्रज्ज्वल कंडेल र वर्ष १० का जेशन बस्नेत घाइते भएका छन्।
उनीहरुको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। कार बाटोदेखि करिब डेढ सय मिटर तल खसेको बताइएको छ। उक्त कार किन र कसरी दुर्घटना भयो भन्ने बारेमा अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित खबर
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
यात्रुसहितको कार सुनकोसीमा खस्यो, कार र यात्रुको अवस्था अज्ञात
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
पोखरामा पर्यटकबसको ठक्करबाट पैदलयात्रीको मृत्यु
टेलरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण