डेढ लाख रुपैयाँ घुस लिइरहँदा पोखरा महानगरका सबइन्जिनियरसहित २ पक्राउ

डेढ लाख रुपैयाँ घुस लिइरहँदा पोखरा महानगरका सबइन्जिनियरसहित २ पक्राउ

ghuss

पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले डेढ लाख रुपैयाँ घुस सहित सबइन्जिनियरलाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिकामा कार्यरत इन्जिनियर उषा किरण रोकायालाई पोखरा ५, मालेपाटनबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखरा कार्यालयका सूचना अधिकारी जगदिश शिवाकोटीले जानकारी दिएका छन् ।

उनीसँगै गोदार इन्जिनियरिङ कन्सल्टेन्सीका सुरज कुँवरलाई घुस सहित पक्राउ गरिएको अख्तियारले जनाएको छ।

राति भइसकेपछि डेढ लाख नगदसहित पक्राउ गरिएको र प्रक्रियाको काम भइरहेको उनले जनाए ।

घर सम्पन्न प्रमाणपत्र प्रदान गर्नका लागि इन्जिनियर रोकायाले घुस मागेको थाहा हुन आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ