पोखरामा ध्वनी प्रदुषण गर्ने प्लाष्टिकका बाजा नियन्त्रणमा

पोखरामा ध्वनी प्रदुषण गर्ने प्लाष्टिकका बाजा नियन्त्रणमा

१ हजार ९ सय १५ वटा प्लाष्टिकका बाजा नियन्त्रणमा

sound

पोखरा ।  जिल्ला प्रहरी कार्यालय, कास्कीले ध्वनी प्रदुषणलाई रोक्न अभियान सुरु गरेको छ ।

कास्की प्रहरीले अनावश्यक ध्वनी प्रदुषण गर्ने प्लाष्टिकका बाजालाई नियन्त्रणमा लिन सुरू गरेको छ । विभिन्न चाडपर्व, मेलापर्वहरुमा ध्वनी प्रदुषण हुने गरी विभिन्न किसिमका प्लाष्टिकका बाजाहरु बजाउँदै हिड्ने र ध्वनी प्रदुषण गर्ने भन्ने जनगुनासोका आधारमा पोखराको विभिन्न स्थानबाट १ हजार ९ सय १५ वटा प्लाष्टिकका बाजा नियन्त्रणमा लिएको कास्कीका प्रवक्ता डीएसपी बसन्त कुमार शर्माले जानकारी दिए ।

उनका अनुसार कास्की तथा मातहत वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पोखरा ६ लेकसाईडमा हुन गई रहेको ‘१९ औं फेवा महोत्सव तथा नयाँ वर्ष २०८१’ लाई मध्यनजर गर्दै ध्वनी प्रदुषण रोक्ने उद्देश्यले पोखरा ३ तेर्सापट्टीबाट विभिन्न प्लाष्टिकका ठूलो र सानो बाजाहरु ७ सय १५ थान र लेकसाइडबाट १ हजार २ थान गरी जम्मा १ हजार ९ सय १५ वटा ध्वनी प्रदुषण हुने प्लाष्टिकका बाजाहरु नियन्त्रणमा लिइएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ