पोखरा । सामाजिक काममा अग्रणी यूनाइटेड क्लब पोखराले आफ्नो १४ औँ वार्षिकोत्सवको अवसरमा सताब्यापी कार्यक्रम गर्ने भएको छ ।
२०६७ बैशाख ७ गते स्थापना भइ पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणमा काम गर्दै आइरहेका यूनाइटेड क्लबले आफ्नो १४ औँ वार्षिकोत्सवको अवसर पारी आगामी बैशाख १ देखी ७ गते सम्म साताब्यापी कार्यक्रमको आयोजना गर्न लागेको हो ।
क्लबले बार्षिकोत्सवको अवसर पारी वैशाख १ गते मानव सेवा आश्रम पोखरा २५ हेम्जा र जेष्ठ नागरिक मिलन केन्द्र पोखरा १५ टुुटुङगामा भोजन सेवा कार्यक्रम, वैशाख २ गते पोखरा १४ मा रहेको बलभद्र माविमा खेलकुद सामाग्री वितरण कार्यक्रम, वैशाख ३ गते पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभुत विद्यालयमा शैक्षिक सामाग्री वितरण कार्यक्रम गर्ने भएको छ । त्यसैगरी वैशाख ४ गते पोखरा १७ महतगौडामा रहेको जानकी माविमा सेनेटरी प्याड मेशिन बितरण, बैशाख ५ गते अमरसिंहमा रक्तदान कार्यक्रम, वैशाख ६ गते पोखरा १५ टुटुङगामा रहेको पोखरा आरोग्य आश्रममा खाद्यान्न वितरण र वैशाख ७ गते १४ औँ वार्षिक उत्सव तथा सम्मान कार्यक्रमको आयोजना गरिने क्लबका महासचिव दिनेश सुनारले जानकारी दिए ।
क्लवले वार्षिकोत्सवको अवसर पारी हरेक वर्ष वैशाख १ देखी ७ गते सम्म साताब्यापी कार्यक्रम गर्दै आइरहेको छ ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो