पोखरा महानगरले यहाँ ब्रीज कोर्स पढाउन बन्देज लगाएसँगै विद्यार्थीहरु समस्या छन् । एसईई दिएका विद्यार्थीहरु आगामी शिक्षाको लागि पखाईमा रहँदा तयारी स्वरुप ब्रीज कोर्स लिँदै आएकोमा यस वर्ष उनीहरुले तयारी गर्न पाएका छैनन् । तर अब विद्यार्थीहरुले अनलाइनबाटै ब्रीज कोर्स पढ्न पाउनेछन् । त्यसका लागि पैसा तिर्नुपर्दैन ।
हालै सकिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीलाई लक्षित गर्दै ओपन लर्निङ फाउन्डेसनले नयाँ ईलर्निङ प्लेटफर्म सञ्चालनमा ल्याएको हो ।
घरमै बसेर ब्रिज कोर्सको तयारीमा लाग्ने विद्यार्थीका लागि ‘नेपाल एडु’ नामक प्लेटफर्म सञ्चालनमा ल्याइएको हो ।
नेपालमा शिक्षाको पहुँच बढाउने उद्देश्यले ई–लर्निङ क्षेत्रमा कार्यरत ओपन लर्निङ फाउन्डेसनले सञ्चालनमा ल्याएको प्लेटफर्ममा विभिन्न संकायका विषयका कोर्स छन्, जुन सबै विद्यार्थीका लागि निःशुल्क छ ।
विद्यालय तहको १ कक्षादेखि लोकसेवा तयारीसम्मका विषयहरू अध्ययन गर्न सकिने यो एपमा ब्रिज कोर्सका विषयहरू भने हालसालै उपलब्ध गराइएको हो ।
ओपन लर्निङ फाउन्डेसनका सञ्चालक बिन्दुराज तिमिल्सिनाका अनुसार एपमा सात संकायका ३७ ओटा कोर्स राखिएका छन् । साइन्स र मेनेजमेन्टसहित यसमा हेल्थ असिस्टेन्ट, फार्मेसी, इन्जिनियरिङ, डेन्टल साइन्स, पीसीएल नर्सिङ आदि संकायका विषयहरूका ब्रिज कोर्स यसमा उपलब्ध गराइएको छ ।
यी सबै कोर्स रेकर्डेड कक्षाहरू हुन् । यद्यपि ब्रिज कोर्सका कक्षा सञ्चालनमा नरहेका ठाउँका विद्यार्थीहरूलाई सहज हुने विश्वास गरिएको छ ।
एपको वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस् । त्यस्तै एन्ड्रोइडमा एप डाउनलोड गर्न यहाँ र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।
सम्बन्धित खबर
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
बीवाइडी कर छली प्रकरणमा छानबिन समिति बन्यो
बालेनको अभिव्यक्तिलगत्तै भारतीय एसएसबी सुस्ता पस्यो, नेपाली भूमिमा निर्माणाधीन तटबन्धमा अवरोध
बेपत्ता सशस्त्र जवान भारतमा मृत भेटिए, शव पनि भारतीय प्रहरीले लग्यो
रातो नम्बर प्लेट भएका मोटरसाइकलले राइड सेयरिङ गर्न नपाउने, अब कालो नम्बर प्लेट
सन् २०२५ मा साढे ११ लाख पर्यटकले गरे नेपाल भ्रमण
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ