एसईई दिएका विद्यार्थीलाई लक्षित गर्दै नयाँ ई-लर्निङ प्लेटफर्म ‘नेपाल एडु’

शिक्षा

एसईई दिएका विद्यार्थीलाई लक्षित गर्दै नयाँ ई-लर्निङ प्लेटफर्म ‘नेपाल एडु’

निःशुल्क ब्रिज कोर्स पढ्न पाउने

nepal edu

पोखरा महानगरले यहाँ ब्रीज कोर्स पढाउन बन्देज लगाएसँगै विद्यार्थीहरु समस्या छन् । एसईई दिएका विद्यार्थीहरु आगामी शिक्षाको लागि पखाईमा रहँदा तयारी स्वरुप ब्रीज कोर्स लिँदै आएकोमा यस वर्ष उनीहरुले तयारी गर्न पाएका छैनन् । तर अब विद्यार्थीहरुले अनलाइनबाटै ब्रीज कोर्स पढ्न पाउनेछन् । त्यसका लागि पैसा तिर्नुपर्दैन ।

हालै सकिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीलाई लक्षित गर्दै ओपन लर्निङ फाउन्डेसनले नयाँ ईलर्निङ प्लेटफर्म सञ्चालनमा ल्याएको हो ।

घरमै बसेर ब्रिज कोर्सको तयारीमा लाग्ने विद्यार्थीका लागि ‘नेपाल एडु’ नामक प्लेटफर्म सञ्चालनमा ल्याइएको हो ।

नेपालमा शिक्षाको पहुँच बढाउने उद्देश्यले ई–लर्निङ क्षेत्रमा कार्यरत ओपन लर्निङ फाउन्डेसनले सञ्चालनमा ल्याएको प्लेटफर्ममा विभिन्न संकायका विषयका कोर्स छन्, जुन सबै विद्यार्थीका लागि निःशुल्क छ ।

विद्यालय तहको १ कक्षादेखि लोकसेवा तयारीसम्मका विषयहरू अध्ययन गर्न सकिने यो एपमा ब्रिज कोर्सका विषयहरू भने हालसालै उपलब्ध गराइएको हो ।

ओपन लर्निङ फाउन्डेसनका सञ्चालक बिन्दुराज तिमिल्सिनाका अनुसार एपमा सात संकायका ३७ ओटा कोर्स राखिएका छन् । साइन्स र मेनेजमेन्टसहित यसमा हेल्थ असिस्टेन्ट, फार्मेसी, इन्जिनियरिङ, डेन्टल साइन्स, पीसीएल नर्सिङ आदि संकायका विषयहरूका ब्रिज कोर्स यसमा उपलब्ध गराइएको छ ।

यी सबै कोर्स रेकर्डेड कक्षाहरू हुन् । यद्यपि ब्रिज कोर्सका कक्षा सञ्चालनमा नरहेका ठाउँका विद्यार्थीहरूलाई सहज हुने विश्वास गरिएको छ ।

एपको वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस् । त्यस्तै एन्ड्रोइडमा एप डाउनलोड गर्न यहाँ र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ