नेपाली काँग्रेसका पुराना नेता खेमराज पौडेलको निधन भएको छ । त्यागी, निष्ठावान राजनीतिज्ञ एवं शैक्षिक व्यक्तित्वका रुपमा खेमराज गुरू नामले परिचित पौडेलको आज बिहान ८१ वर्षको उमेरमा निधन भएको हो ।
फोक्सोको क्यान्सरबाट पीडित पौडेलको फेवासिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
कास्कीको तत्कालीन पुम्दीभुम्दी गाविस हाल पोखरा-२२ पुम्दीमा बस्दै आएका पौडेल विद्यार्थीकालदेखि नै प्रजातान्त्रिक आन्दोलनमा सहभागी भएका थिए । पौडेलका पत्नी, दुई छोरा र दुई छोरी छन् ।
उनको आजै सेती नदी घाट (शान्ति वनबाटिकाको तल) अन्त्येष्टि गरिएको छ । अन्त्येष्टि अघि उनको पार्थिक शरीर नेपाली कांग्रेसको पार्टी कार्यालयमा राखिएको थियो ।
जीवनभर निरन्तर काँग्रेस राजनीतिमा खटिए पनि लाभको पद भने कहिल्यै मिलेन ।तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त कास्की निर्वाचन क्षेत्र नं.२ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा उनले टिकट पाएका थिए । तर, एमालेकी विद्या भट्टराईसँग पराजित भए।
निष्ठाको राजनीतिमा गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईका असली चेलाको रुपमा आफ्नो पहिचान कायम राख्न सफल पौडेल जीवनको उत्तारार्धमा पनि सक्रिय राजनीतिमै थिए । बीपी, सुवर्ण, गणेशमान र किसुनजीको संस्कार र निष्ठाको राजनीतिबाट शिक्षित र दीक्षित भएका पौडेल अहिले पार्टीमा त्यो संस्कार र निष्ठाको खडेरी परेकोमा चिन्तित थिए ।
पौडेल प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला प्रधानमन्त्री रहेकै समयमा २०१७ सालमा कास्की क्षेत्र नं ९९ को अधिवेशनमा सहभागी भएर बीपी र सुवर्णशम्शेरको उपस्थितिमा लीलाभक्त आचार्यलाई सभापति बनाउँदादेखि नै कांग्रेसमा लागेका थिए ।
प्रतिबन्धित कालमा पोखराको महेन्द्रपुल नजिकै पूर्वसभामुख तारानाथ रानाभाट प्रधानाध्यापक र आफू शिक्षक भएर युवा अवस्थामै प्रौढ माध्यमिक विद्यालय (हालको नवप्रभात मावि) स्थापना गरी शिक्षण पेशामा लागेका पौडेलले लामो समयसम्म त्यहि पेशा अंगालेका थिए कास्कीमा कांग्रेसका चर्चित नेता धीरबहादुर गुरुङलाई २०२६ सालमा सभापति बनाएर रानाभाटसँगै आफू पनि समितिको सदस्य भएका थिए ।
उनले तत्कालीन समयमा रानाभाटलाई सभापति, आफू उपसभापति र शुक्रराज शर्मालाई सचिव बनाएर राजनीतिलाई अघि बढाएका थिए । कांग्रेस विभाजन हुँदा उनी शेरबहादुर देउवा नेतृत्वको कांग्रेस प्रजातान्त्रिकका कास्की सभापति भएका थिए ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?