एमाले पर्वत अधिवेशनः पदमपाणी र गोविन्दमा कसले जित्ला?

मतदान जारी

एमाले पर्वत अधिवेशनः पदमपाणी र गोविन्दमा कसले जित्ला?

गणेश तिमिल्सिना र पदम गिरीको शक्ति परीक्षण

parbat uml

नेकपा एमाले पर्वतको १० औं जिल्ला अधिवेशनमा दुई प्यानलबीच निर्वाचन भएको छ । यतिबेला मतदान भइरहेको छ ।

पदमपाणि शर्मा र गोविन्द पहाडीले प्यानल नै बनाएर चुनावमा प्रतिष्पर्धामा गरेका छन् ।

जिल्लाका मुख्य नेताहरु निवर्तमान राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना र हालका कानुन मन्त्री पदम गिरीको शक्ति परीक्षणका रुपमा यो निर्वाचनलाई हेरिएको छ ।

तिमिल्सिना समर्थित समूह प्रदेशमा पृथ्वीसुब्बा गुरुङ निकट समूह हो । यस समूहबाट अध्यक्षमा पदमपाणीसँगै उपाध्यक्ष पदमा मिन प्रसाद श्रेष्ठ, सचिव पदमा शिव प्रसाद पौडेल, उप सचिवमा जीवन विक्रम उचै र उप–सचिव महिलामा सरिता भण्डारी प्रतिष्पर्धामा उत्रेका छन् ।

पदम गिरी समर्थित समूहमा अध्यक्ष पदमा गोविन्द पहाडी उम्मेदवार हुन् । उपाध्यक्ष पदमा बिमल लामिछाने, सचिव पदमा सुवास चन्द्र पौडेल, उप सचिवमा चण्डी प्रसाद भुर्तेल र उप–सचिव महिलामा विन्दु अधिकारी निर्वाचनमा होमिएका छन् । प्रदेशमा भने गिरी खगराज अधिकारी निकट हुन ।

जिल्लाभरबाट अधिवेशनको लागि ३९२ जना प्रतिनिधि रहेका छन् । अहिल यो समाचार तयार पार्दासम्म डेढ सय जतिले मतदान गरेका छन् । मतदानको क्रम जारी छ ।

आजै मतगणना हुने जानकारी प्राप्त भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ