एमाले बागलुङको अध्यक्षमा पुनः केसी, सर्वसम्मत कमिटी चयन

नयाँ नेतृत्व

एमाले बागलुङको अध्यक्षमा पुनः केसी, सर्वसम्मत कमिटी चयन

uml baglung

नेकपा (एमाले) बागलुङको अध्यक्षमा पुनः हिराबहादुर केसी सर्वसम्मत चयन भएका छन् । १० औं जिल्ला अधिवेशनबाट केसी दोस्रो कार्यकालका लागि सर्वसमत भएका हुन् । अध्यक्षसँगै सम्पूर्ण कमिटी सर्वसम्मत चुनिएको छ ।

एमाले अध्यक्ष पदमा केसीको एकल उम्मेदवारी कायम भएको  निर्वाचन संयोजक डा. डिल्लीराज गौतमले जानकारी दिए । अध्यक्षमा उमेद्वारी दर्ता गरेका हरिनारायण गौतमले उमेद्वारी फिर्ता लिएपछि केसी सर्वसम्मत चयन भएका हुन् । उमेद्वारी फिर्ता गरेका गौतम नेकपा एमाले गण्डकी प्रदेश कमिटिका पूर्व सदस्य हुन् ।

उपाध्यक्षमा पनि विष्णु भुषाल सर्वसम्मत भए। भुषालको एकल उम्मेदवारी परेको हो । यसअघि सचिव बन्दा पनि भुषाल सर्वसम्मत चुनिएका थिए ।

सचिवमा तीन जनाको उम्मेदवारी परेकोमा गणेश थापाका लागि कुमार खड्का र चन्द्र प्रकाश शर्माले छाडिदिए । उपसचिवमा पनि सर्वसम्मत रुपमा धन बहादुर परियार र करमती पुन चयन भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ