धादिङको खाल्टेमा ट्रक दुर्घटनाः दुईको मृत्यु, घाइते ६ जनालाई हेलिकप्टरमा काठमाडौं लगियो

दुर्घटना

धादिङको खाल्टेमा ट्रक दुर्घटनाः दुईको मृत्यु, घाइते ६ जनालाई हेलिकप्टरमा काठमाडौं लगियो

दुर्घटनामा एकै परिवारका ५ जना परे

Khalte Acc

तस्वीरः सााजिक सञ्जाल

धादिङको नीलकण्ठ नगरपालिका वडा नं. ५ खाल्टेमा मल बोकेको आइचर ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

घटनास्थलमा नै एक बालक ११ वर्षीय सन्तोष रम्तेलको मृत्यु भएको थियो भने उनका बुबा ३७ वर्षीय गोपी भनिने राम बहादुर रम्तेलको धादिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

राम बहादुरकी श्रीमती र दुई छोरा पनि घाइते छन् । एकै परिवारका ५ जना दुर्घटनामा परे । गम्भीर घाइते भएका ६ जनालाइ नेपाली सेनाको हेलिकप्टरबाट थप उपचारको लागि काठमाडौं स्थित ट्रमा सेन्टरमा पठाइएको छ ।

घाइते हुनेहरुमा ३१ वर्षीया हिरा रम्तेल, ११ वर्षीय बालक बिमल मजकोटी, ४० वर्षीय बिष्णु रम्तेल, १२ वर्षीय सुजन रम्तेल, १७ वर्षीय सुजित मजकोटी, १२ वर्षीय प्रितम रम्तेल घाइते छन् ।

आइतबार बिहान घरबाट मल उठाएर खेतमा लान लागेको बा ३ ख ८९४७ नम्बरको आईचार ट्रक साँघुरो कच्ची घुम्ती सडकबाट १५० मिटर तल पिमलखोलामा पुगेको जिल्ला प्रहरी कायालयका सूचना अधिकारी डीएसपी महेन्द्र कुमार मिश्रले जानकारी दिए।

गोठेमल बोकेको ट्रकमा स्थानीय बालबालिकाहरुपनि चढेका थिए । दुर्घटनामा ६ जना बालबालिका परेका हुन् । स्कुल बिदा भएकोले बच्चाहरु पनि अभिभावकसँगै खेतमा सघाउन गएकाले दुर्घटनामा परेका हुन् ।

ट्रक सडकबाट करिब ५ सय मिटर तल खोलामा खसेर दुर्घटना भएको हो । ओरालो बाटोमा ब्रेक फेल भएर दुर्घटनामा भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

दुर्घटना भए लगत्तै प्रहरी र एम्बुलेन्स घटनास्थल पुगेर स्थानीयको सहयोगमा घाइतेहरुको उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल लगेका थिए । घटनास्थल सदरमुकाम धादिङबेशीबाट १३ किलोमिटर टाढा पर्दछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ