कास्कीको माछापुच्छ्रेमा कुकुरले चितुवा मार्‍यो

कास्कीको माछापुच्छ्रेमा कुकुरले चितुवा मार्‍यो

tiger-dog

पोखरा । गाउँ छिरेको चितुवालाई उल्टै कुकुरले मारेको छ । कास्कीको माछापुच्छ्रेमा शनिवार दिउँसो स्थानीयको बाख्रा खोरमा छिरेको चितुवालाई चार वटा कुकुरले टोकेर मारेको हो ।

कुकुरहरू पनि घाइते भएका छन् । वयस्क चितुवा आहारा खोज्न निस्केको बेला गाउँमा आएको थियो । स्थानीय डण्डे परियारका अनुसार उक्त चितुवा अघिल्लो साँझ नै रुखमा चढेर बसेको थियो । कुकुरहरु रातभर रुख मुनी कुरेर बसेका थिए ।

बिहान रुखमा रहेको चितुवाले एक्कासी ७० वर्षीय परियारलाई आक्रमण गर्न आएपछि कुकुरहरुले झम्टेका हुन् । परियारलाई चितुवाले तीन पटक आक्रमण गरेको थियो । नजिकै मकै खन्दै गरेका गाउँलेहरू पनि आएका थिए ।

मृत चितुवालाई एक्यापका प्रतिनिधिहरुले लगेका थिए । एक्यापको टोली, प्रहरी र जनप्रतिनिधि समेतको रोहबरमा चितुवालाई गाडिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ