पोखराको बिन्दवासिनी पेट्रोल पम्पमा आगलागी, स्कुटर जलेर ध्वस्त

पोखराको बिन्दवासिनी पेट्रोल पम्पमा आगलागी, स्कुटर जलेर ध्वस्त

तत्काल नियन्त्रणमा लिँदा ठूलो दुर्घटना टर्‍यो

aaglagi

तस्वीरः सामाजिक सञ्जाल

पोखरा महानगरपालिका वडा नं. २९, भण्डारढिकमा रहेको बिन्दवासिनी आयल स्टोरमा तेल भर्दै गरेको स्कुटरमा अगलागी भएको छ ।

आइतबार दिउँसो करिब ४ बजेतिरको समयमा ग८प ८२१८ नम्बरको स्कुटरमा तेल हालिरहेको समयमा एक्कासी आगलागी भएको हो । कास्कीको रुपा गाउपालिका वडा नं. ६ भिरकोट घर भएका अतिश खड्काको नाममा रहेको उक्त स्कुटरमा आगो लागेको बुझिन्छ ।

स्थानीय बासिन्दा र प्रहरीसमेतले उक्त आगलागी भएको स्कुटरलाई तानेर केही पर लागेका कारण पेट्रोल पम्पमा ठूलो क्षति नभएको प्रहरीले जनाएको छ ।

आगलागीबाट स्कुटर जलेर ध्वस्त भएको छ । तत्काल आगो नियन्त्रणमा लिँदा ठूलो दुर्घटना टर्‍यो । पेट्रोल पम्पमा सामान्य क्षति पुगेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ