स्याङ्जाको वालिङमा बसबाट खसेर विद्यार्थीको मृत्यु

स्याङ्जाको वालिङमा बसबाट खसेर विद्यार्थीको मृत्यु

mrita fela

स्याङ्जाको वालिङमा बसबाट खसेर एक विद्यार्थीको मृत्यु भएको छ ।

वालिङ नगरपालिका–१३ स्थित सिद्धार्थ राजमार्गमा बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु १ ख ६८९७ नम्बरको बसबाट खसेर परीक्षा दिएर फर्कँदै गरेका विद्यार्थी अमित शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका प्रवक्ता प्रहरी निरीक्षक पावल सिंह लामाले जानकारी दिए ।

सर्लाहीको मलङ्गवा नगरपालिका–६ घर भई वालिङ नगरपालिका–१ स्थित रणवीर जनहित माविमा ईलेक्ट्रिक ईन्जिनियरिङ अध्ययनरत २० वर्षीय शाह बसको ढोकाबाट खसेको र सोही बसको टायरले किचेको प्रहरीले जनाएको छ ।

मृतक शाह वालिङ बायाँटारी स्थित भूपू सैनिक मावि केन्द्रबाट परीक्षा दिएर फर्कँदै गरेका थिए । उनले घटनाको विषयमा थप आवश्यक अनुसन्धान अगाडि बढाइएको जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ