गण्डकी र सुदूर पश्चिम प्रदेशका प्रमुखबीच भेटवार्ताः आपसी समन्वय र सहकार्य गर्ने

गण्डकी र सुदूर पश्चिम प्रदेशका प्रमुखबीच भेटवार्ताः आपसी समन्वय र सहकार्य गर्ने

Sudur-Gandaki-pramukh

गण्डकी प्रदेश र सुदूर पश्चिम प्रदेशका प्रदेश प्रमुखबीच भेटवार्ता भएको छ । धनगढीस्थित प्रदेश प्रमुख निवासमा सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँ र गण्डकीका प्रमुख डिल्ली राज भट्टबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा दुबै प्रदेश प्रमुखबीच समन्वय र सहकार्य गरी अगाडि बढ्ने विषयमा छलफल भएको थियो । संविधान कार्यान्वयन गर्दै अगाडि बढ्ने दुवै प्रदेश प्रमुखहरूले बताएका थिए ।

राष्ट्रपतिबाट एकसाथ प्रदेश प्रमुख नियुक्त भएका दुवै प्रदेश प्रमुखहरूले एक अर्कालाई बधाई र शुभकामना दिएका थिए ।

गण्डकी प्रदेश प्रमुख भट्टको गृहनगर धनगढी हो । आफ्नो गृह प्रदेशमा प्रमुख भएर आएका सुदूरपश्चिमका प्रमुख मियाँलाई गण्डकीका प्रमुख भट्टले स्वागत समेत गरेका थिए । उनले गण्डकी भ्रमणको निम्तोसमेत दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ