पोखरामा चेकजाँच गर्दा प्रहरीमाथि मुक्का लात्ती हान्ने स्कुटर चालक कारबाहीमा

अभद्र व्यवहार

पोखरामा चेकजाँच गर्दा प्रहरीमाथि मुक्का लात्ती हान्ने स्कुटर चालक कारबाहीमा

दिउँसै मापसे गरेका रामबहादुरले चिट काट्न लागेपछि प्रहरीमाथि आक्रमण गरेका थिए

thapa pakrau

पोखरामा चेकजाँचमा खटिएका प्रहरीमाथि मुक्का लात्ती प्रहार गर्ने स्कुटर चालक कारबाहीमा परेका छन् ।

मंगलबार साँझ पोखरा वडा नं. २ फिर्केपुल स्थित पोखरा बाग्लुङ सडक खण्डमा ट्राफिक प्रहरी सहितको राजमार्ग सुरक्षा संयुक्त चेकिङ ड्युटीको क्रममा बागलुङ जैमिनी १ घर भई पोखरा १० बस्दै आएका ३५ वर्षका रामबहादुर थापाले प्रहरीमाथि कुटपिट गरेको प्रहरीले जानकारी दिएको छ ।

पर्स्याङतर्फबाट बाग्लुङ बसपार्कतर्फ आउँदै गरेको ग १३ प ८७२ स्कुटर लापरवाही तबरले आइरहेको देखि उक्त स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक थापाले मादक पदार्थ सेवन गरेको पाइएको र सो सम्बन्धमा ट्राफिक नियम अनुसार कारवाही गर्ने क्रममा थापा प्रहरीमाथि जाइलागेको कास्की ट्राफिक प्रमुख प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिए ।

वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक बोधराज रेग्मीका अनुसार ड्युटीमा खटिएका जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी सहायक निरीक्षक भिम बहादुर रानाभाट, प्रहरी हवल्दार लिलाधर सुवेदी र प्रहरी सहायक हवल्दार कश्मीर सिंह साउदसंग अनावश्यक वादविवाद गरी अभद्र व्यवहार देखाई प्रहरी कर्मचारीहरुलाई धकेला धकेल गरी प्रहरी हवल्दार लिलाधर सुवेदीलाई हात मुक्का लात्ती समेत प्रहार गरेका हुन् ।

थापालाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक, हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्दको कसुर अन्तर्गत (अभद्र व्यवहार) शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी निरीक्षक रेग्मीले गण्डकन्यूजलाई जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ