बागलुङमा रुखबाट खसेर एक जनाको मृत्यु

बागलुङमा रुखबाट खसेर एक जनाको मृत्यु

mrita fela

बागलुङ । बागलुङमा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ ।

आज बिहान घाँस काट्ने क्रममा निसीखोला गाउँपालिका–४ खाडचौरका ३५ वर्षीय नारायण सुनारको रुखबाट खसेर मृत्यु भएको हो ।

बिहान ८ बजे बाख्रालाई घाँस काट्नका लागि घर नजिकैको जङ्गलमा गएका सुनार रुखबाट सिँचाइ नहरमा खस्दा गम्भीर घाइते भएका थिए ।

घाइते सुनारलाई आफन्त र छिमेकीले उद्धार गरी बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

समाजसेवीसमेत रहेका मृतक सुनारका श्रीमती, एक छोरा र एक छोरी छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ