पोखरा, ८ वैशाख । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले मौलिकता जोगाएर नेपाली गीत संगीतको संरक्षण र विकास गरिनुपर्नेमा जोड दिएका छन्।
पोखरामा आयोजित दोस्रो राष्ट्रिय संगीत अवार्डमा बोल्दै भट्टले मौलिक संस्कृति, संगीत र कला विश्वमाझ देशको प्रमुख पहिचान तथा चिनारी बनेको उल्लेख गरे ।
प्रदेश प्रमुख भट्टले भने – ‘विश्व संगीतको बजारमा प्रभाव पार्ने संगीत हामीसँग छ । संगीतकर्मीहरुले नेपाली मौलिक संगीतप्रति मोह बढाउने काम गर्न आवश्यक छ । मौलिकता रहने गरी संगीतलाई समयसापेक्ष विकास गर्नुपर्दछ।’
उनले पश्चिमा संगीतको दबदबा भइरहेको बेलामा नेपाली संगीकर्मीहरुले विदेशी संगीतलाई प्रतिस्थापन गरी नेपाली संगीतलाई स्थापित गर्नुपर्ने आवश्यकता औंल्याए। देशको पहिचान जोगाइराख्न, राष्ट्रिय एकतालाई सुदृढ गर्न, देश भक्तिभावले नागरिकलाई ओतप्रोत बनाइराख्न तथा भोलिका सन्ततीहरुलाई सहजतापूर्वक हस्तान्तरण गर्न भाषा, संस्कार, संस्कृतिको संरक्षण र सम्वद्र्धन अनिवार्य रहेको प्रदेश प्रमुख भट्टको भनाई छ ।
‘गीत संगीतले सजिलै स्रोता र दर्शकको मन र मस्तिकमा प्रभाव पार्न सक्छ । हामीले रचना गरेको गीत संगीतले समाजलाई सकारात्मक सन्देश दिनुपर्छ र त्यसले समाजलाई सही दिशामा डो¥याउनुपर्छ ।’– उनले भने ।
मौलिक संगीतको सिर्जना गर्ने, संगीत क्षेत्रको विकासमा योगदान पुर्याउने र यसलाई अन्तर्राष्ट्रियकरण गर्न महत्वपूर्ण योगदान पुर्याउने नेपाली संगीतकर्मीहरुमा उच्च सम्मान व्यक्त गर्दै उनले देशभरका उत्कृष्ट कलाकारलाई सम्मान गर्ने यस्ता कार्यक्रमको निरन्तरताको कामना पनि गरे ।
‘अग्रजलाई सम्मान, नयाँ पुस्तालाई प्रोत्साहन’ नाराका साथ आयोजित दोश्रो राष्ट्रिय संगीत अवार्डमा विभिन्न २६ विधामा सर्वोत्कृष्टलाई अवार्ड वितरण गरिएको आयोजक संस्था कास्की खबरका अध्यक्ष ऋषिराम दाहालले जानकारी दिए ।
उक्त अवसरमा नेपाली संगीत र कला क्षेत्रमा पत्रकारितामार्फत् योगदान पुर्याएकोमा पत्रकारहरु रञ्जन अधिकारी, गौरव त्रिपाठी र कमल सरगमलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सागर कार्की, साहिल गायक लगायतका संगीतकर्मीलाई पनि सम्मान गरिएको थियो ।
सम्बन्धित खबर
पोखरामा धुवाँको कालो मुस्लो फ्याँक्ने ११ गाडी नियन्त्रण
गण्डकीका मुख्यमन्त्री अधिकारीको २३ गते विश्वासको मत लिने तयारी
सूर्य दर्शन सहकारीका दुई जनालाई थुनामै राख्ने आदेश सदर
पोखराको बिजुली पसल गोदाममा आगलागी हुँदा ८० लाख बढीको क्षति
पोखरामा छोरीसँग झगडा गरेको भन्दै युवतीमाथि हतियार प्रहार गर्ने स्याङ्जाका सोम प्रकाउ
पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग