कास्कीमा सवारी दुर्घटना: तीन महिनामा १३ जनाको ज्यान गयो

कास्कीमा सवारी दुर्घटना: तीन महिनामा १३ जनाको ज्यान गयो

accident

पोखरा । गत वर्ष २०८० सालको तीन महिनामा कास्कीमा दुर्घटनामा परि १३ जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले आज पत्रकार सम्मेलन गर्दै दिएको जानकारी अनुसार गत वर्षको माघ, फागुन र चैत महिनामा मात्रै कास्कीमा सवारी दुर्घटनामा परी १३ जनाको ज्यान गएको हो ।

तीन महिनाको अवधिमा १७ सवारी दुर्घटना भएको र सो दुर्घटनामा परी १९ जना घाईते भएको प्रहरीले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।

सोही अवधिमा २१ हजार एक सया ९२ वटा सवारी साधनमाथि ट्राफिक कारबाही भएको र कारबाहीबाट १ करोड ७७ लाख ९२ हजार राजश्व संकलन भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ