बिरौटामा जुवातास खेलिरहेका ४ जना नगदसहित पक्राउ

बिरौटामा जुवातास खेलिरहेका ४ जना नगदसहित पक्राउ

Arrest-juwa-tas

पोखरा। कास्की प्रहरीले जुवातास खेलिरहेका चार जनालाई पक्राउ गरेको छ।

पोखरा महानगरपालिका -१७ बिरौटास्थित स्टार कार वासको छाप्रोमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३८ वर्षीय भिम बहादुर विकसहित ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

उक्त छाप्रोमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरिले उनीहरूलाई ४८ हजार ९५ रूपैयाँ र १ बुक ताससहित नियन्त्रणमा लिएको हो ।

उनीहरू माथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ