पोखरामा १० केजी दुर्लभ वन्यजन्तुको मासुसहित एक पुरूष पक्राउ

पोखरामा १० केजी दुर्लभ वन्यजन्तुको मासुसहित एक पुरूष पक्राउ

Bor-Bahaadur-Lama

पोखरा। कास्की प्रहरीले दुर्लभ वन्यजन्तुको मासुसहित एक पुरूषलाई पक्राउ गरेको छ।

पोखरा -३० पावरहाउसमा सवारी चेकजाँच गर्ने क्रममा दुर्लभ वन्यजन्तुको मासुसहित काठमाण्डौ गोकर्णेश्वर -८ निवासी ६९ वर्षीय बोर बहादुर लामालाई सोमबार राति पक्राउ गरेको हो।

प्रहरीले लामाको साथबाट अन्दाजी १० केजी नाउर /झारलको जस्तो देखिने मासु वरामद गरेको जनाएको छ।

प्रहरी नियन्त्रणमा रहेका लामालाई थप अनुसन्धानका लागि वन कार्यालय कास्की पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ