पोखराको चाउथेमा दुर्घटना: १९ वर्षीया खुसीको मृत्यु, स्कुटर चालक विनिता घाइते

दुर्घटना

पोखराको चाउथेमा दुर्घटना: १९ वर्षीया खुसीको मृत्यु, स्कुटर चालक विनिता घाइते

Scooter Accident GandakNews

पोखराको वडा नं. १४ चाउथे, एयरपोर्ट अगाडि बसले स्कुटरलाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ । अर्का एक घाइते भएका छन् ।

मंगलबार राति करिब ८ बजेको समयमा पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बा १ प १३३८ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको ग २४ प ३२९५ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।

बसको ठक्करबाट पोखरा १४ खसीबजार बस्ने १९ वर्षीया खुसी प्रधानको मृत्यु भएको हो । उनलाई उपचारको लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल गण्डकी पठाएकोमा राति साढे ८ बजे मृत घोषणा गरेको कास्की प्रहरीले जानकारी दिएको छ ।

स्कुटर चालक पोखरा ८ सिमलचौर बस्ने २१ वर्षीया दिपीका गुरुङको उक्त अस्पतालमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ । घाइते गुरुङको अवस्था मध्यम छ ।
प्रहरीले बस र चालक सिन्धुपाल्चोक जिल्ला चौतारा साँघुचोकगढी नगरपालिका १३ बस्ने ३९ वर्षका विष्णु श्रेष्ठलाई नियन्त्रणमा लिई दुर्घटनाबारे अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ