मगर विद्यार्थी संघ पिएन क्याम्पसको अध्यक्षमा अनोक पुलामी

मगर विद्यार्थी संघ पिएन क्याम्पसको अध्यक्षमा अनोक पुलामी

20240424_150344

पोखरा । नेपाल मगर विद्यार्थी संघ, पृथ्वीनारायण क्याम्पस समितिको अध्यक्षमा अनोक पुलामीमगर सर्वसम्मत चयन भएका छन् ।

बुधबार सम्पन्न २३ औं क्याम्पस अधिवेशनबाट उपाध्यक्षमा इन्द्रा थापामगर, सचिवमा कविता घर्तीमगर, सह–सचिवमा देवुजंग बुढाथोकीमगर र कोषाध्यक्षमा कामना थापामगर सर्वसम्मत रुपमा चयन भएका छन् । त्यसैगरी, सदस्यहरूमा जीवन आलेमगर, सरिता मगर, दिनेश थापामगर, सूर्य श्रीसमगर, तेजसरा रानामगर, धनमाया घर्तीमगर, सम्झौता सप्लाङ्गीमगर, शर्मिला सिंजालीमगर रहनुभएको छ । त्यस्तै, विमल रानामगर, सुष्मा थापामगर, भावना थापामगर, सविना थापामगर, दिया रानामगर, मुस्कान थापामगर, सिर्जना घर्तीमगर, कदमकुमारी थापामगर, लक्ष्मी थापामगर, प्रतिमा थापामगर, मनिषा थापामगर सदस्यमा सर्वसम्मत निर्वाचित भए । निर्वाचन प्रक्रिया सम्पन्न गर्न संघका पूर्व केन्द्रीय सदस्य एवं आदिवासी जनजाति चलचित्र महासंघ, गण्डकी प्रदेशका महासचिव गोविन्द पुनमगरको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो । निर्वाचन समितिका सदस्यहरूमा केन्द्रीय सदस्य प्रेम बुढामगर, पूर्व केन्द्रीय सदस्य तुलसी पुर्जामगर, गण्डकी प्रदेश अध्यक्ष डेक पुनमगर, जिल्ला अध्यक्ष महेश घर्तीमगर, पृथ्वीनारायण क्याम्पस समितिकी निवर्तमान अध्यक्ष सोनम थापामगर रहेका थिए ।

यसअघि, अधिवेशनको उद्घाटन गर्दै नेपाल मगर संघका उपमहासचिव खेम पुनमगरले मगर समुदायमा शैक्षिक जागरण फैलाउन मगर विद्यार्थी संघले नेतृत्वदायी भूमिका खेलेको बताए । हरेक क्षेत्रमा अघि बढ्न शिक्षा पहिलो आवश्यकता भएको भन्दै उहाँले सामाजिक एवं राजनीतिक सचेतना विकासका लागि पनि शिक्षा आवश्यक हुने भनाइ राखे । मगर जातिको हक, हित र अधिकारका बारेमा सचेत हुनु आवश्यक रहेको बताउँदै उपमहासचिव पुनमगरले अहिलेको समयमा विदेश पलायन नभइ स्वदेशमै केही गर्छु भन्ने भावनाको विकास हुन आवश्यक रहेको उल्लेख गरे ।

अधिवेशनलाई नेपाल मगर विद्यार्थी संघका केन्द्रीय सदस्य प्रेम बुढामगर, पूर्व केन्द्रीय सदस्य एवं नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशका अध्यक्ष रूद्रबहादुर श्रीसमगर, पूर्व केन्द्रीय सदस्य एवं आदिवासी जनजाति चलचित्र महासंघ, गण्डकी प्रदेशका महासचिव गोविन्द पुनमगर, नेपाल आदिवासी जनजाति महासंघ, गण्डकी प्रदेश समन्वय परिषद्का मुख्य सचिव सुजन लामा, नेपाल मगर विद्यार्थी संघकी पूर्व केन्द्रीय सदस्य तुलसी पुर्जामगर, गण्डकी प्रदेशका अध्यक्ष डेक पुनमगर, सचिव सुशील थापामगर, कास्की जिल्ला अध्यक्ष महेश घर्तीमगर, पृथ्वीनारायण क्याम्पस समितिकी निवर्तमान अध्यक्ष सोनम थापामगर, नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ, पृथ्वीनारायण क्याम्पस समितिका अध्यक्ष अर्जुन बरामलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल मगर विद्यार्थी संघ, पृथ्वीनारायण क्याम्पस समितिका निवर्तमान अध्यक्ष कृष्ण बुढामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन इन्द्रा थापामगर र उपाध्यक्ष अनोक पुलामीमगरले स्वागत मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा आवेदन आह्वानपश्चात् छनोटमा परेका मगर विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण समेत गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ