सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

silver-gold

पोखरा । नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा १४ सयले बढेको छ ।

आज छापावाल सुन प्रतितोलामा १ लाख ३७ हजार २०० रुपैयाँ र तेजाबी सुन तोलाको १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बिहीबार छापावाल सुन तोलाको एक लाख ३५ हजार ८०० रुपौयाँ र तेजाबी सुन तोलाको एक लाख ३५ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर प्रतितोला १६ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ