गण्डकी प्रहरी प्रमुख बनिन् डीआईजी दुर्गा

महिला नेतृत्व

गण्डकी प्रहरी प्रमुख बनिन् डीआईजी दुर्गा

DIG-durga

गण्डकी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी अतिरिक्त प्रहरी नायब महानिरीक्षक (डीआईजी) दुर्गा सिंह चन्दलाई दिइएको छ।

उमेरहदका कारण गण्डकी प्रहरी प्रमुख डीआईजी विकासराज खनालले अवकाश पाएसँगै उनको ठाउँमा डीआईजी सिंहलाई पठाइएको हो।

बिहीबार गृहमन्त्रीस्तरीय निर्णयबाट डीआईजी सिंहलाई गण्डकी प्रहरी प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो।

खनालले वैशाख ७ मा डीआईजीको ५६ वर्षे उमेरहदका कारण अवकाश पाएका हुन्। आजै गृहमन्त्रीले विभिन्न ६ एसएसपीको पनि सरुवा गरेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ