लेकसाइडमा स्कुटरलाई ठक्कर दिएर भागेका कुशल पक्राउ

'हिट एण्ड रन'

लेकसाइडमा स्कुटरलाई ठक्कर दिएर भागेका कुशल पक्राउ

Kushal_GRG_wUmlvmAzbh

पोखरा । प्रहरीले गत वैशाख ६ गते लेकसाइडमा ग १३ प ४०९ नम्बरको स्कुटरलाई ग १२ प ३३९७ नम्बरको स्कुटरले ठक्कर दिएर फरार रहेका युवालाई पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय बैदामले स्याङ्जाको बिरुवा गाउँपालिका ७ घर भई हाल पोखरा महानगरपालिका वडा १७ बस्ने २१ वर्षीय कुशल गुरुङलाई पक्राउ गरेको हो ।

कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी बसन्त कुमार शर्माले एउटै दिशामा गएको स्कुटरलाई ठक्कर दिई स्कुटरमा सवार पोखरा २७ कि गायत्री थापालाई घाइते बनाई गाली गलौज गरी फरार रहेको बताउदै सूचनाको आधारमा कुशललाई पक्राउ गरिएको बताए ।

डीएसपी शर्माका अनुसार कुशललाई ठक्कर दिएको स्कुटरसहित वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

हाल पक्राउ परेका कुशलविरुद्ध वडा प्रहरी कार्यालय बैदामबाट अभद्र व्यवहार सम्बन्धि मुद्दामा थप अनुसन्धान अगाडी बढाएको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ