नेपाली टिमका कप्तान रोहित पाैडेलकाे शानदार शतकका मद्दतले नेपालले टेष्ट मान्यता प्राप्त देश वेष्ट इन्डिज माथि ४ विकेटकाे धमाकेदार जित हात पारेको छ ।
५ खेलको टी-२० सिरिजको पहिलो खेलमा नेपालले वेष्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित गर्दै सुखद सुरुवात गरेको छ ।
वेष्ट इन्डिज ‘ए’ ले दिएको २०५ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गरेको हो ।
नेपालका लागि कप्तान रोहित पौडेलले उत्कृष्ट शतक प्रहार गरे । उनले ५४ बलमा ११२ रन बनाएर आउट । दीपेन्द्रसिंह ऐरी २४, कुशल मल्ल १६, कुशल भुर्तेल १६, विवेक यादव ७ र अनिलकुमार साह ५ रनमा आउट भए ।
गुल्शन झा ९ र प्रतिश जीसी ५ रनमा अविजित रहे । अन्तिम ओभरमा ९ रन आवश्यक थियो । प्रतिश र गुल्शनले पहिलो र दोस्रो ओभरमा एकएक लिए । तेस्रो र चौथो बलमा गुल्शनले लगातार चौका प्रहार गर्ने नेपाललाई जीतको स्वाद चखाए ।
यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेष्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०४ रन बनाएको थियो ।
वेष्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले उत्कृष्ट इनिङ खेले । उनले ४६ बलमा ७४ रन बनाएका थिए । उनले केसी कार्टीसँग चौथो विकेटका लागि ६० रन र कडिम एलेनसँग पाँचौं विकेटका लागि ५७ रनको साझेदारी गरे । कार्टीले ३८, आन्द्रे फ्लेचर १३, जोन्सन चार्ल्स शून्य रनमा आउट भए । कडिम एलेन १४ र किमो पल शून्य रनमा अविजित रहे
नेपालले वेष्ट इन्डिज ‘ए’ विरुद्ध आइतबार दोस्रो खेल खेल्नेछ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु