फूलबारीमा अटो दुर्घटना हुँदा दुई जना घाइते

फूलबारीमा अटो दुर्घटना हुँदा दुई जना घाइते

Auto accident

स्याङ्जाको पुतलीबजार नगरपालिका -४ फूलबारीमा अटो दुर्घटना हुँदा दुईजना घाइते भएका छन् ।

फुलबारीको भित्री सडक खण्ड हुँदै झौरीखेततर्फ जाँदै गरेको लु १ ह १७५८ नम्बरको अटो उकालोबाट करिब २५ मिटर तल खस्दा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय स्याङ्जाका प्रमुख प्रहरी नायब निरीक्षक केशरबहादुर मल्लले जानकारी दिए ।

दुर्घटनामा परी पुतलीबजार नगरपालिका -३ बाडखोला बस्ने २० वर्षीय खर्जना बानु र अटो चालक पुतलीबजार नगरपालिका -१४ गहतेका १९ वर्षीय सोहेल मिया गम्भीर घाइते भएको नायब निरीक्षक मल्लले बताए ।

अटो चालक सोहेलको जिल्ला अस्पताल स्याङ्जामा सामान्य उपचार गरी गण्डकी मेडिकल कलेज पोखरामा थप उपचारका लागि पठाइएको र घाइते बानुको जिल्ला अस्पतालमै उपचार भइरहेको प्रहरी नायब निरीक्षक केशरबहादुर मल्लले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ