बागलुङ कालिका दर्शन गरी तनहुँ फर्कँदै गर्दा पोखराको हेम्जामा बस दुर्घटना भएको छ । शनिबार बेलुकी ७ः३० बजेतिर भएको दुर्घटनामा परी डेढ दर्जन यात्रुहरु सामान्य घाइते भएका छन् ।
ग १ ख ९२९७ नम्बरको बस तनहुँ शुक्लागण्डकी-११ बाट चालक, सहचालक गरी ३६ जनाको टोली लिएर बागलुङ गएकोमा पञ्चकोट, कालिका मन्दिर दर्शन गरी फर्कँदै थियो । पोखरा २५ याम्दी क्षेत्रमा तिब्बतीयन क्याम्प नजिक एक्कासी सडकमै पल्टेको स्थानीयले जनाएका छन् ।
दुर्घटनामा परी १९ जना घाइते भएकोमा १६ जना गण्डकी मेडिकल कलेजमा र ३ जना पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि पठाइएको कास्की प्रहरीले जानकारी दिएको छ ।
स्थानीयका अनुसार बस अत्यधिक गतिमा थिएन । टायर पञ्चर भएर दुर्घटना भएको आशंका गरिएको छ । क्रेनको सहायताले पल्टिएको बसलाई उठाएर ९ बजेतिर सुल्टो पारिएको छ ।
चालक गोरखा बारपाक सुलिकोट गापा वडा नं. ६ घर भएका बर्ष ४५ को चन्द्र बहादुर गुरुङलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको डीएसपी बसन्त कुमार शर्माले जानकारी दिए ।
घाइते विवरणः
१.जिल्ला तनहुँ शुक्लागण्डकी न.पा. वडा नं. ११ अलैची बस्ने बर्ष ३९ की कमला सिग्देल दायाँ हातमा चोट रहेको उपचार भई रहेको ।
२.ऐ.ऐ.बस्ने बर्ष ५० कि.ईन्द्र कला भुजेल खुट्टामा चोट रहेको उपचार भई रहेको ।
३.ऐ.ऐ.बस्ने बर्ष ७७ कि.रुपा देबी सिग्देल छातीमा चोट रहेको उपचार भई रहेको ।
४.ऐ.ऐ.बस्ने बर्ष २५ कि.प्रमिला सिग्देल टाउकोमा चोट रहेको उपचार भई रहेको ।
५.ऐ.ऐ.बस्ने बर्ष ४७ कि.सिता सिग्देल टाउको र दायाँ कुममा चोट रहेको उपचार भई रहेको ।
६.ऐ.ऐ.बस्ने बर्ष ६३ को लोकनाथ सिग्देल दायाँ हात र खुट्टामा चोट रहेको उपचार भई रहेको ।
७.ऐ.ऐ.बस्ने बर्ष ५८ को सिता सिग्देल टाउको र ढाडमा चोट रहेको उपचार भई रहेको ।
८.ऐ.ऐ.बस्ने बर्ष ५८ को खेमनारायण सिग्देल बायाँ हातमा चोट रहेको उपचार भई रहेको ।
९.ऐ.ऐ.बस्ने बर्ष २२ की स्वस्तिका सिग्देल दायाँ हातमा चोट रहेको उपचार भई रहेको ।
१०.ऐ.ऐ.बस्ने बर्ष ४८ की शान्ति सिग्देल घाँटी र हाडमा चोट रहेको उपचार भई रहेको ।
११.ऐ.ऐ.बस्ने बर्ष ३० को सागर परियार घाँटी र ढाडमा चोट रहेको उपचार भई रहेको ।
१२.ऐ.ऐ.बस्ने बर्ष ६० को पुर्णचन्द्र सिग्देल पेट र दायाँ हातमा चोट रहेको उपचार भई रहेको ।
१३.ऐ.ऐ.बस्ने बर्ष ६१ को राम प्रसाद सिग्देल दायाँ हातमा चोट रहेको उपचार भई रहेको ।
१४.ऐ।ए.बस्ने बर्ष ५८ की शारदा सिग्देल दायाँ हातमा चोट रहेको उपचार भई रहेको ।
१५.ऐ.ऐ.बस्ने बर्ष ५७ को अग्नि प्रसाद सिग्देल दायाँ हातमा र कम्मरमा चोट रहेको उपचार भई रहेको ।
१६.ऐ.ऐ.बस्ने बर्ष ४७ की लक्ष्मी सिग्देल टाउको र ढाडमा चोट रहेको उपचार भई रहेको ।
१७.ऐ.ऐ.बस्ने बर्ष ५० की बिष्णु सिग्देल घाँटी र दायाँ खुट्टामा चोट रहेको उपचार भई रहेको ।
१८.ऐ.ऐ.बस्ने बर्ष १८ की अनिषा गौतम ढाडमा चोट रहेको उपचार भई रहेको ।
१९.ऐ.ऐ.बस्ने बर्ष ४३ की बिष्णु गौतम बायाँ हात, छाती र खुट्टामा चोट रहेको उपचार भई रहेको ।
अद्यावधिक गरिएको ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन