लायन्स क्लब अफ पोखरा ग्रीनसिटीको अध्यक्षमा लामा

लायन्स क्लब अफ पोखरा ग्रीनसिटीको अध्यक्षमा लामा

greencity

लायन्स अन्तर्राष्ट्रय डिस्ट्रिक्ट ३२५ एम नेपाल अन्तर्गत लायन्स क्लब अफ पोखरा ग्रीनसिटीको लायन वर्ष २०२४/२५ को लागि अध्यक्ष पदमा बलराम लामा चयन भएका छन्।

प्रथम उपाध्यक्ष वीरेन्द्र न्यौपाने, द्वित्तीय उपाध्यक्ष राजिव शर्मा, तृतीय उपाध्यक्ष रामकुमार ढकाल, सचिव.रचित पौडेल र कोषाध्यक्षमा कमल गुरुङ चयन भएका छन् ।

हरि शरण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका पूर्व अध्यक्ष प्रकाशसिंह भण्डारी, कुलचन्द्र शर्मा, नवराज भण्डारी र ज्ञानेन्द्र ढुंगानाले बोलेका थिए ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष लामाले सबैलाई मिलाएर लैजाने र सबैको साथ सहयोग लिँदै सरसल्लाह गरेर काम गर्ने बताए। आफ्नो कार्यकालमा लामाले क्लबलाई अग्रणी क्लब बनाउने प्रतिवद्धता पनि व्यक्त गरे ।

क्लबका सचिब राम कुमार ढकालले कार्यक्रमको सञ्चालन गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds