सेती नदीमा नुहाउन लाग्दा एक पुरूष डुबेर बेपत्ता

सेती नदीमा नुहाउन लाग्दा एक पुरूष डुबेर बेपत्ता

seti nadi

सेती नदीमा नुहाउने क्रममा एकजना डुबेर बेपत्ता भएका छन् ।

डोटी शिखर नगरपालिका-८ लुवाखडीनजिकै नदीमा धनगढी उपमहानगरपालिका-३ मायामेट्रो अस्पताल पछाडि बस्ने अन्दाजी ४० वर्षीय नरबहादुर तामाङ डुबेको डोटी प्रहरीले बताएको छ ।

उनी सु.प.प्र. ०१ ००१ ज. १५३४ नम्बरको अल्टो कार लिएर धनगढीबाट अछामतर्फ जाँदै थिए ।

कार सडक किनारमा रोकी उनी नुहाउन गएको प्रहरी नायव निरीक्षक नारायणसिंह नेगीले जानकारी दिए । उनका अनुसार तामाङ बेपत्ता भएको सूचना सोही कारमा सँगै रहेका रेवन्त अधिकारीले दिएका थिए

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds