पोखरामा छोरीसँग झगडा गरेको भन्दै युवतीमाथि हतियार प्रहार गर्ने स्याङ्जाका सोम प्रकाउ

पोखरामा छोरीसँग झगडा गरेको भन्दै युवतीमाथि हतियार प्रहार गर्ने स्याङ्जाका सोम प्रकाउ

som

पोखरामा छोरीसँग वादविवाद गरेको भन्दै धारिलो हतियार प्रहार गर्ने सोमबहादुर परियारलाई प्रहरीले प्रकाउ गरेको छ ।

छोरीसँग झगडा गर्ने युवतीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको सूचनापछि अनुसन्धानका लागि खटिएको वडा प्रहरी कार्यालय बैदामको टोलीले परियारलाई पोखरा महानगरपालिका–६ डिहिकोपाटनबाट प्रकाउ गरेको हो ।

स्याङ्जाको पुतलीबजार नगरपालिका–२ स्थायी घर भई पोखरा–२ बस्दै आएका ४७ वर्षीय  परियारले छोरीलाई वादविवाद गरेको विषयलाई लिएर पोखरा महानगरपालिका–६  बस्ने २२ वर्षीय युवतीलाई धारिलो छुरा टाउकोमा प्रहार गरी घाइते बनाएका थिए ।

प्रकाउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट ज्यान मार्ने उद्योग कसूरमा ७ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds