पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा आरोपी २ जनालाई उच्च अदालत पोखराले पनि थुनामै राख्न आदेश दिएको छ । जिल्ला अदालतले यसअघि नै थुनामा पठाएका प्रमोद भट्टराई र भवेश्वर अर्याललाई उच्चले सदर गरिदिएको हो ।
उनीहरुले बाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने माग सहित उच्चमा पुनरावेदन गरेका थिए । भवेश्वर सहकारीको पूर्व सञ्चालक समिति तथा सफ्ट्वेयर डेभलपर हुन् । प्रमोद पनि सफ्ट्वेयरमै काम गर्छन् । उनी २०८० सम्म सञ्चालक समितिमा थिए ।
सहकारीका ५ जना हालसम्म पुर्पक्षका लागि थुनामा गैसकेका छन् । सबैले जिल्ला अदालतको आदेश विरुद्ध उच्चमा पुनरावेदन गरेकोमा सबैजनाको मुद्दामा जिल्लाले गरेकै फैसलालाई उच्चले सदर गरिदिएको छ ।
यसअघि सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी, सञ्चालक समितिका कोषाध्यक्ष कुमार रम्तेल र शिवबहादुर गुरुङ (महेन्द्र भोटे) कारागार चलान भएका हुन् । पीडितहरूले निरन्तर रूपमा रकम उठाइदिन सरोकारवालासँग आग्रह गरे पनि समस्या समाधान भएको छैन ।
सहकारीका अध्यक्ष गीतेन्द्रबाबु राई (जीवी) सहित १४ जना फरार छन् । सहकारीको रकम घोटालामा गृहमन्त्री रवि लामिछाने पनि मुछिएका छन् । यद्यपी उनले सहकारीको कुनैपनि कारोबारमा आफ्नो संलग्नता नरहेको प्रष्टीकरण दिँदै आएका छन् ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो