गण्डकीका मुख्यमन्त्री अधिकारीको २३ गते विश्वासको मत लिने तयारी

गण्डकीका मुख्यमन्त्री अधिकारीको २३ गते विश्वासको मत लिने तयारी

Khagaraj Adhikari

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने तयारी गरेका छन् । सर्वोच्च अदालतको आदेशबाट केही राहत पाएको अधिकारी नेतृत्वको सरकार अहिले विश्वासको मत लिने तयारीमा जुटेको छ ।

यद्यपी, बहुमत सदस्यको विश्वास मत नपाउने सम्भावना बढेको छ । निर्णायक शक्ति मानिएको राप्रपाले अधिकारी सरकारलाई विश्वासको मत दिन नसकिने बताएपछि गण्डकीमा सत्ता संकट लम्बिने देखिएको हो ।

सरकारका प्रवक्ता तथा आर्थिक मामिला मन्त्री हरिबहादुर चुमानले मुख्यमन्त्रीले २३ गते विश्वासको मत लिने तयारी गरिरहेको बताएका छन् । निर्णय नभइसकेपनि तयारी २३ वैशाखमै लिने रहेको उनले बताए ।

चैत २५ गते मुख्यमन्त्रीमा नियुक्त भएकाले उनले संविधान अनुसार वैशाख २४ गतेभन्दा अगाडि विश्वासको मत लिनुपर्ने व्यवस्था छ । संविधानको धारा १६८ (४) अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds