मुख्यमन्त्री खगराजले मन्त्रिपरिषद् विस्तार गरे, सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै

अघिल्लो क्याबिनेटकै अनुहार

मुख्यमन्त्री खगराजले मन्त्रिपरिषद् विस्तार गरे, सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै

सुन्दासलाई सामाजिक विकास र गुरुङलाई उर्जाको जिम्मेवारी

Bed and Sita

पोखरा । मुख्यमन्त्री खगराज अधिकारीले आज केहीबरेमा मन्त्रीमण्डल विस्तार गर्दैछन् ।

यसअघिको क्याबिनेटमा रहेका सीता सुन्दास र बेदबहादुर गुरुङ ‘श्याम’ लाई नै उनले मन्त्री बनाउन लागेका छन् । यद्यपी, सुन्दासको मन्त्रालय भने हेरफेर भएको छ ।

सीता सुन्दास सामाजिक विकास तथा स्वास्थ्य मन्त्री र गुरुङ उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बन्दैछन् । सुन्दास यसअघि आर्थिक मामिला मन्त्री थिइन् । गुरूङले यही कृषिसहित यही मन्त्रालय सम्हालेका थिए ।

दुबै जना अधिकारीनिकट मानिन्छन् । उनीहरूको शपथ अहिले साढे ४ बजे पोखरा सभागृहमा हुने प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

आज दुई मन्त्रीले थपिएसँगै वर्तमान गण्डकी मन्त्रिपरिषद् पाँच सदस्यीय हुनेछ । नेकपा (माओवादी केन्द्र)का हरिबहादुर चुमान आर्थिक मामिला र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds