सामाजिक विकास मन्त्री सीता सुन्दास र उर्जामन्त्री बेदबहादुर ‘श्याम’ले लिए सपथ

मुख्यमन्त्री खगराजको ५ सदस्यीय क्याबिनेटः

सामाजिक विकास मन्त्री सीता सुन्दास र उर्जामन्त्री बेदबहादुर ‘श्याम’ले लिए सपथ

pradesh pramukh sapath

पोखरा । मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीमण्डल विस्तार गरेका छन् ।

यसअघिको क्याबिनेटमा रहेका सीता सुन्दास र बेदबहादुर गुरुङ ‘श्याम’ लाई नै उनले मन्त्री बनाएका हुन् ।

सीता सुन्दास सामाजिक विकास तथा स्वास्थ्य मन्त्री र गुरुङ उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बनेकी छन् । सुन्दास यसअघि आर्थिक मामिला मन्त्री थिइन् । गुरूङले भने कृषिसहित यही मन्त्रालय सम्हालेका थिए ।

दुबै जना अधिकारीनिकट मानिन्छन् । उनीहरूको शपथ पोखरा सभागृहमा भएको छ ।

गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री अधिकारीको सिफारिसमा सुन्दासलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्री र बेदबहादुर गुरुङ ‘श्याम’ लाई उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीको सपथ खुवाएका हुन् ।

दुई मन्त्रीले थपिएसँगै वर्तमान गण्डकी मन्त्रिपरिषद् पाँच सदस्यीय बनेको छ । यसअघि, नेकपा (माओवादी केन्द्र)का हरिबहादुर चुमान आर्थिक मामिला र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds