जन्मदिनको अवसरमा युवा यातायात व्यवसायी मल्लद्वारा वृद्धाश्रममा सहयोग

जन्मदिनको अवसरमा युवा यातायात व्यवसायी मल्लद्वारा वृद्धाश्रममा सहयोग

bridda ashram 002

पोखरा । पोखराका एक युवा व्यवसायीले बृद्धाश्रममा रहेका वृृद्धवृद्धा संगै बसेर जन्मदिन मनाएका छन् । युवा यातायात व्यवसायी हेमन्त मल्लले पोखरा सितापाइलामा रहेको पोखरा वृद्धाश्रममा आश्रित वृद्धवृद्धाहरु संगै जन्मदिनमनाई बृद्धाश्रमलाई खाद्यन्न तथा नगद सहयोग गरेका हुन् ।

म्याग्दे गाउँपालिका वडा नम्बर ४ थर्पु घर भइ हाल पोखरा महानगरपालिका वडा नम्बर ४ सिद्धार्थचोक बसोवास गर्ने मल्लले आफ्नो ३७आंै जन्मदिन वृद्धाश्रममा मनाएका हुन् । जन्मदिनको अवसरमा पोखरा वृद्धाश्रममा ५ बोराचामल, १० किलो दाल, १० किलो चिनि, २ किलो चियापत्ती, २ कार्टुन तोरीको तेल, ५ किलो चना, ७ प्याकेट दालमोठ, २ कार्टुन विस्कुट, मसला लगायतका खाद्यान्न तथा नगद रु ५ हजार ५ सय सहयोग गरेका हुन् ।

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी तथा स्थानिय यातायात संग आवद्ध मल्लले हरेक वर्ष जस्तै यस बर्ष पनि आफ्नो जन्मदिनमा सहयोग गरेर मनाउन पाउँदा निकै खुशी लागेकोे बताए । उक्त अवसरमा आश्रममा आश्रित १०५ बर्षीय बृद्ध नन्दलाल दाहालबाट आर्शिबाद ग्रहण गरेका थिए । पोखरा बृद्धाश्रममा आफ्नो जन्मदिनको अवसर पारी खाद्यान्न सामाग्रीहरु प्रदान गरी सामाजिक काम गर्न पाएकोमा मल्लले खुसी ब्यत्त mगर्दै आगामी दिनमा पनि सामाजिक कामलाई निरन्तरता दिने बताए ।

सो अवसरमा पोखरा बृद्धाश्रमका अध्यक्ष कुशुम केशव पराजुलीले सहयोगी परिवारलाई धन्यवाद दिंदैै यसरी बृद्धाश्रममा आएर जन्मदिन मनाउदा आफुलाई खुसी लाग्ने गरेको बताए । विभिन्न ब्याक्तिहरुको सहयोगमा बृद्धाश्रममा आफुहरुले दैनिकी चलाउदै आएको र सहयोग दाताहरु को सहयोगले नै बृद्धाश्रम चल्ने गरेको सुनाए । रेडियो अन्नपूर्णका स्टेशन म्यानेजर सन्जय मल्लले पछिल्लो समय युवा पुस्ताहरुले जन्मदिनको अवसरमा फजुल खर्च गरि रमाइलो गर्नुभन्दा आश्रममा रहेको वृद्धवृद्धालाई सहयोग गर्न सकेपुण्य प्राप्त हुने बताए । आश्रमका स्वास्थ्य प्रबन्धक सिद्दीकुमार रेग्मीले हरेक व्यक्तिले व्यवसाय सँगै सामाजिक उत्तरदायित्वलाई बहन गर्न सके समाज सुसंस्कृत बन्ने बताए ।

खाद्यान्न तथा नगद हस्तान्तरण कार्यक्रममा मल्लका आमा धनुमाया मल्ल, श्रीमती मौनता मल्ल, छोरा सुनित मल्ल, यातायात व्यवसायी मनोज गुरुङ, दिपक गौतम उपस्थित थिए । हाल वृद्धाश्रममा ५० जना वृद्धवृद्धाहरु आश्रित रहेको आश्रमका अध्यक्ष पराजुलीले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds