पोखरा । पोखरा महानगरपालिका वडा नं १० ले वडा भित्र रहेका महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले ४५ दिने आधारभुत ब्यूटिसियन तालिमको आयोजना गरेको छ । वडा स्तरीय ब्यूटिसियन तालिमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं १० का अध्यक्ष राजेश गुरुङले आफु जनप्रतिनिधी भएर वडामा आएदेखि वडा भित्रका युवाहरुलाई लक्षित गरी विभिन्न सीपमुलक तालिमहरुको आयोजना गरी युवाहरुलाई आत्मनिर्भर बनाउने अभियानमा लागिपरेको बताए । युवा, महिला, दलित समुदाय तथा विपन्न परिवारका सदस्यहरुलाई आत्मनिर्भर बनाउन सकेको खण्डमा स्वदेशमै सानो लगानीमा ब्यापार ब्यवशाय गर्न सक्ने उनको भनाइ रहको थियो ।
सो अवसरमा वोल्दै तालिमका समन्वय कर्ता बबि ब्यूटी सैलुन एण्ड ट्रेनिङ सेन्टरका सञ्चालक बविता कार्कीले महिला दिदी बहिनीहरुले जुनसुकै सीप सिकेको खण्डमा स्वदेशमा या विदेशमा राम्रो कमाइ गर्न सक्ने वताउदै आफुहरुले ४५ दिन सम्म तालिममा सिकाइने कुरालाई व्यवहारमा उतार्न सके नेपालमानै केही गर्न सक्ने बताइन् ।
त्यस्तै ब्यूटिसियन तालिमका संयोजक तथा वडा नं १० का सदस्य नरदेवी गुरुङले अघिल्लो वर्षहरुमा पनि महिला दिदी बहिनीहरुलाई ब्यूटिसियन तालिमहरु प्रदान गर्दै आइरहेको र आगामी दिनमा पनि आधारभुत मात्र नभइ डिप्लोमा लेभलको ब्यूटिसियन तालिम समेत आफुहरुले सञ्चालन गर्ने प्रतिवद्धता ब्यक्त गरिन् । सोमबारदेखी सञ्चालन भएको तालिममा वडा भित्रका २५ जना महिलाहरुको सहभागीता रहेको वडा सचिव दमयन्ती पराजुलीले जानकारी दिइन् ।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा