ग्राहकलाई कुट्ने दोहोरी साँझका साहुजी पक्राउ

ग्राहकलाई कुट्ने दोहोरी साँझका साहुजी पक्राउ

kutne sahujee

पोखरा । दोहोरी साँझमा पुगेका ग्राहकलाई कुटपिट गरेको आरोपमा एक जना साउजीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले वैशाख २४ गते तालचोकका ३२ वर्षीय सुनिल बस्नेतलाई पक्राउ गरेको छ । सात तालको दोहोरी साँझ तथा रेष्टुरेन्टका साउजीसमेत रहेका बस्नेतले तेजबहादुर गुरुङलाई वैशाख २२ गते कुटपिट गरेर फरार थिए ।

बस्नेतविरुद्ध जाहेरी परेपछि इलाका प्रहरी कार्यालय शिुशुवा डाँडाकोनाकबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको कास्की प्रहरीका प्रहरी नायव उपरीक्षक डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।

बस्नेतलाई पक्राउ गरेर जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds